|

काठमाडौं : नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रका लागि पार्टीका सबै शुभेच्छुकसँग सुझावको आह्वान गरेको छ। 
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणापत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पंक्तिलाई आह्वान गरेकाे हाे।

एमालेले यही भदौ १५ गतेसम्ममा सुझाव दिन आग्रह गरेका छन्। पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेता कार्यकर्तालाई दिइएको समय सकिएको छ। अधिकांश विभाग र जनसंगठनहरूले आ-आफ्नो सुझाव समेत दिइसकेका छन्।

एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझाव माग गरिएकाे छ। 

सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत सुझाव पठाउन चाहनेहरूले  [email protected] मा आफ्नाे सुझाव पठाउन भनिएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.