|

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाविरुद्धको फैसलामा आफूले गल्ती गरेको स्वीकार गरेका छन्। 

महाभियोग सिफारिस समितिको बयानका क्रममा उनले नाबालकहरूको पालनपोषणका लागि स्वविवेक प्रयोग गरेको बताएका हुन्। 

उनले भने, ‘उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ तर त्यसमा मेरो गल्ती भएको म स्वीकार गर्छु। जनतासमक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित्त भएको छ।’

कोइरालाविरुछको फैसलालाई आधार मानेर महाभियोग लगाएको भए आफूले स्वीकार गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.