|

काभ्रे : पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूराे सदस्य गोकुल बास्कोटा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।

नेता बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका हुन्।

प्रतिनिधिसभा समन्वय कमिटीले नेता बास्कोटालाई सर्वसम्मत एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमाले काभ्रेले जनाएको छ। आज बसेकाे बैठकले पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्रीसमेत रहेका बास्कोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

एमाले काभ्रेका अध्यक्ष अशोककुमार व्याञ्जुले जिल्ला कमिटीबाट भने सोमबार बस्ने बैठकबाट रायसहित सिफारिस गर्ने बताए। जिल्लाको प्रतिनिधिसभा–२ अन्तर्गत प्रदेश सभा क्षेत्रको भने छलफलकै क्रममा रहेकोले उम्मेदवार सिफारिसको टुंगो लागिनसकेको बुझिएको छ।

२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मिलेर चुनाव लडेका बाँस्कोटा देशकै लोकप्रिय मत ल्याएर विजय भएका थिए। तर यसपटकको निर्वाचन भने गठबन्धन उनका लागि टाउको दुखाईकाे विषय बन्ने करिब निश्चित छ।

त्यस्तै एमालेबाट विद्रोह गरी काभ्रेका शिवबहादुर देउजा, विदुर सापकोटा लगायतका नेता नेकपा (एकीकृत समाजवादी)मा रहनुका साथै प्रदेश सभातर्फका दुई जना सांसदसमेत बास्कोटासँग छैनन्।

जसले गर्दा यसपटक नेता बाँस्कोटालाई चुनाव जित्न सहज नभएको एक नेताले बताए। तर चुनावी प्रतिस्पर्धामा जस्तो परिमाण आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.