|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गरेका छन्।

आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताएका हुन्।

उनले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गरे। मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन नसक्ने बताए।

उनले संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको पनि स्पष्ट पारे। व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन नसकिने भन्दै देशमा स्थिरता कायम गर्नुपर्ने उनले बताए। संविधानलाई कार्यान्वयनमा ल्याउँदा सबै वर्गको हितको सुरक्षा हुने गरी ल्याउनुपर्ने बताए।

‘आज सवाल राष्ट्रको छ। यो धेरै भयो, सवाल राष्ट्रमा राजनीतिक स्थिरताको छ। देशमा सुशासनको सवाल छ, यो मुलुक रहने, नरहने, यो मुलुकको अर्थतन्त्र कसरी धानिएर अघि बढ्ने, धेरै सवालहरुमा यो देशको जुन ब्यूरोक्रेसी छ, यो स्थायी सरकारको ठूलो जिम्मेवारी हुन्छ।', उनले भने, ‘सुशासन दिन देशमा हामी सक्षम भएनौँ भने हामीले श्रीलंकाको हालत भर्खर देखेका छौँ। पपुलिस्ट कुराले मात्रै देश चल्न सक्दैन। अघि बढ्न सक्दैन देश चलाउन धेरै सुझबुझको आवश्यक पर्छ।’

उनले निजामति सेवा ऐन चाँडै संसदमा पेश हुने विश्वास व्यक्त गरे। संघीयतालाई स्वीकारेपछि संघीयतासँग मेल खाने गरी संगठन र संस्थाहरु सञ्चालित हुनुपर्ने उनकाे भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.