|

काठमाडौं : चीनको राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु भदौ २७ गते नेपाल आउने भएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीले सेप्टेम्बर १२ देखि १५ तारिखसम्म्म नेपाल भ्रमण गर्न लागेका हुन्।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेपरराष्ट्र मन्त्रालयले जनाएको छ। साँझ सभामुख सापकोटाले अध्यक्ष ली र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोज आयोजना गर्नेछन्।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसै दिन उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन्।

लीले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ताको कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.