|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टरमा आफू र आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार भएको दाबी गरेका छन्।

लाइन बस्न आग्रह गर्दा सेन्टरमा खटिएका सुरक्षागार्डलाई पक्राउ गरेपछि चौतर्फी आलोचनाको शिकार भएका मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आफ्नो बचाउ गरेका हुन्। 

त्यो घटना लाइनमा बस्न नमानेर नभएको दाबी गर्दै श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकाले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो।’ 

उनले घटनाको तथ्य बुझेर मात्र प्रतिक्रिया दिन सर्वसाधारणलाई आग्रह गरेका छन्। सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षड्यन्त्र गरिएको भन्दै त्यसप्रति चनाखो हुन पनि भनेका छन्। 

मन्त्री श्रेष्ठ गत शुक्रबार छाया सेन्टरमा ‘बायोमेट्रिक्स’का लागि गएका थिए। सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्री भए पनि लाइन बस्नुपर्ने बताएपछि विवाद भएको थियो। त्यसपछि आइतबार प्रहरीले गुरुङलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। 

उनलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.