|

कञ्चनपुर : मोहना नदीमा नुहाउने क्रममा ४ दिनअघि बगेर बेपत्ता भएकी कृष्णपुर नगरपालिका-५ पवित्रा बस्तीकी १० वर्षीया बालिका पूर्णिमा महराको शव आज फेला परेको छ।

कृष्णपुर नगरपालिका-७ शान्तिपुरस्थित मोहना नदीमा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। बालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।

भदौ १७ गते मोहना नदीमा साथीहरूसँग नुहाउने क्रममा बालिका बगेर बेपत्ता भएकी थिइन्। स्थानीय बासिन्दाले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.