|

काठमाडौं :  ‘व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र शुसासन’ भन्ने नारासहित आज १९ औं निजामती सेवा दिवस मनाइँदैछ। 

दिवसका अवसरमा साताब्यापी कार्यक्रम गर्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विशेष कार्यक्रम गर्दैछ।  बिहान साढे ८ बजे मन्त्रालय पारिसर सिंहदरबारमा कार्यक्रम हुनेछ । दिवसको अवसरमा उत्कृष्ट निजामती सेवा र निजामति सेवा पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। 

उत्कृष्ट निजामती पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत हुँदैछन्। सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटाएन। 

निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध  रहेको बताएका छन्। 

यी हुन् पुरस्कृत हुने कर्मचारी 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.