|
फाइल फोटो

काठमाडौं : नेपाल मिडिया काउन्सिल विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिँदैछ।

दिउँसो १ बजे बस्ने बैठकमा विधेयकमाथि छलफलपछि सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पारित गर्न प्रस्ताव गर्नेछन्।

विधेयक प्रेस स्वतन्त्रताको विपक्षमा रहेको बताउँदै नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न संघसंगठनले विरोध गरिरहेका छन्।

नेपाल प्रेस काउन्सिल ऐन, २०४८ लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा प्रेस काउन्सिलको नाम परिवर्तन गरी मिडिया काउन्सिल बनाउन प्रस्ताव गरिएको छ। 

तर काउन्सिल स्वायत्त संस्था हुने कतै उल्लेख नगरिएकाले सरकारले प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयक ल्याएको भन्दै विरोध भएको हो। मन्त्रालयका सचिव नेतृत्वको समितिले काउन्सिलका पदाधिकारी सिफारिस गर्ने व्यवस्थाको पनि आलोचना भइरहेको छ। 

सरकारले सरोकारवालाको सुझावअनुसार विधेयक संशोधन गर्ने आश्वासन दिएको छ।

बुधबारको बैठकमा सांसद भीम रावलले जलविद्युतसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको विषयमा ध्यानकर्षण गर्ने कार्यसूची छ।

रावलले ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्धन गर्न आवश्यक भएको’ विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको ध्यानाकर्षण गर्ने संसद् सचिवालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.