|

काठमाडौं : डेंगु​काे प्रकाेप तीव्र हुँदै गएपछि सरकारले डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियान ल्याउने भएकाे छ।

सरकारका मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बुधबार बसेको बैठकले डेंगु रोग रोकथामका लागि सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो।

बैठकले रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशीघ्र मोबाइल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जानकारी दिए।

स्वास्थ्य, खानेपानी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् अन्य उच्चपदस्थ पदाधिकारीहरूको उपस्थितिमा नेपालमा हाल देखिएको डेंगु रोगको प्रकोप प्रतिकार्य, नियन्त्रण तथा रोकथामसम्बन्धी विषयमा छलफल गर्न उच्चस्तरीय बैठक बसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.