|

काठमाडौं : सरकारले नयाँ दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको छ।

बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म र भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो।

अमलेखगन्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० किलोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

हाल भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलपाइन सञ्चालनमा छ। सो पाइपलाइन अब लोथरसम्म आइपुग्ने छ।

यस्तै सिलगुडीदेखि चारआलीम्मको पाइपलाइन विस्तार दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हुनेछ। पूर्व क्षेत्रको पेट्रोलियम वितरणमा यो पाइपलाइन महत्वपूर्ण हुने आयल निगमको दावी छ।

तर, विद्युतीय खपत बढीरहेको र नेपाल आयल निगम वित्तीय रुपमा संकट रहेका बेला महँगो पूर्वाधारमा लगानी गर्नु उपयुक्त नरहेको जानकारहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.