|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले विवाह गरेर आएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने प्रावधानको विधेयक तुरुन्त लागु गर्न माग गर्दै सडकमा युवा उत्रिएको भन्दै आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले युवा स्वार्थको गोटी बनेको आरोप लगाएका छन्। ‘जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ’, उनले ट्वीट गरेका छन्’, ‘तर,विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनी केही युवा सडकमा उत्रिएका देख्दा उदेक लाग्छ।’

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघका कार्यकर्ताले आइतबार घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेका थिए। यस क्रममा उनीहरूले राष्ट्रपति भण्डारीको पुतलादहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। 

उनीहरूले राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए। 

हेर्नुहोस् थापाको ट्वीट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.