|

काठमाडौं : नेपाल भ्रमणमा रहेको  चिनिया जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा भेट भएको हो। प्रचण्डसँगको भेटपछि  लि होटल सोल्टी फर्किने र आजै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए। 

राष्ट्रपति विद्यादेवि भण्डारीसँग लिले भोलि भेट गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.