|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। 

संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरु मंगलबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार तथ्याङ्क सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो। 

एक साता अघि पठाइएको नागरिकता विधेयक भने प्रमाणीकरण गरिएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.