|

काठमाडौं : गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन्। 

उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा उनको दुखेसो छ।  सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ। 

‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन।’

त्यस्तै, उनले आफू आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको बताएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.