|

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा पहिलो जित निकाल्दा टोटेनह्याम दोस्रो खेलमा पराजित भएको छ। 

त्यस्तै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पनि दोस्रो खेलमा पराजित भयो। समूहको आफ्नो पहिलो खेलमा नापोलीसँग पराजित भएको लिभरपुलले दोस्रो खेलमा आयक्सलाई २–१ ले हराउँदै समूह ‘ए’ मा तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लियो।

लिभरपुलको घरेलु मैदानमा भएको संघर्षपूर्ण खेलमा मोहम्मद सालह र जोएल माटिप्सले गोल गरेका थिए। सलाहले डियोगो जोताको पासलाई सदुपयोग गर्दै १७ औँ मिनेटमा नै टिमलाई अग्रता दिलाए। तर आयक्सले २७ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। उसका लागि मोहमेद कुडुसको बराबरी गोल फर्काए।

त्यसपछि अधिकांश समय १–१ को बराबरी भएको खेलमा ८९ औ मिनेटमा लिभरपुलले माटिप्सको गोलमार्फत पुनः अग्रता बनाउँदै महत्त्वपूर्ण तीन अंक हात पार् यो।

मगलबार राति नै भएको समूह डीको खेलमा टोटेनह्याम भने स्पोर्टिङ लिस्बनसँग २–० ले स्तब्ध बन्यो। अधिकांश समय बराबरी भएको खेलमा अन्तिम केही मिनेट सम्हालिन नसक्दा टोटनह्यामले हार भोगेको हो। 

स्पोर्टिङका लागि डायस फर्नान्डेसले ९० औ मिनेटमा पहिलो गोल गर्दा इन्जुरी समयको तेस्रो मिनेटमा गोमेस लौरेन्सोले टिमका लागि दोस्रो गोल गरेका थिए। हारपछि पनि समूह डी मा  टोटेनह्याम दोस्रो स्थानमा कायम छ। स्पोर्टिङ भने ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। सो समूहको अर्को खेलमा फ्र्यान्कफर्टले मार्सेलीलाई हराएको थियो। मार्सेलीको लगातार दोस्रो हार हो। 

त्यस्तै स्पेनिस दाबेदार एट्लेटिको म्याड्रिड भने समूह बी को खेलमा जर्मन क्लब बार्यन लिभरकुसेनसँग २(० ले स्तब्ध भयो। लिभरकुसेनको घरेलु मैदानमा भएको खेलमा रोबर्ट एन्डरिच र डियावीले गोल गरेका थिए।

पराजित भएपछि एट्लेटिको लिभरकुसेन समान ३ अंक भए पनि तेस्रो स्थानमा धकेलियो। समूहकै अर्को खेलमा पोर्टोलाई ४–० ले हराएको क्लब वर्ग ६ अंक सहित शीर्ष स्थानमा छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.