|

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ। बिहीबार वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा पुलिसले एनआरएनएलाई १३ रनले पराजित गर्दै आर्मीसँगको फाइनल भेट पक्का गरेको हो।

टियु मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाएर १ सय १० रनको उच्च स्कोर बनाएको थियो। उसका लागि आरिफ शेखले १५ बलमा ३६ रनको इनिङ खेल्दा कप्तान दिपेन्द्रसिंह ऐरीले १२ बलमा २५ रन बनाएका थिए। त्यस्तै करण केसीले ८ बलमा १८ रन बनाउँदै टिमलाई उच्च स्कोरमा पुर्याए। उसका लागि थप दोहोरो स्कोरका रुपमा ओपनर कुशल भुर्तेलको १२ रन रह्यो।  एनआरएनएका लागि दिवस गिरीले २ विकेट लिंदा दिपक क्षत्री र सुनम गौतम र दिनेश खरेलले समान १-१ विकेट लिएका थिए।

१ सय ११ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको एनआरएनएले पनि प्रतिस्पर्धात्मक स्कोर बनायो। तर उसले पुलिसले दिएको लक्ष्य पुरा गर्न भने सकेन्। निर्धारित ८ ओभरमा एनआरएनएले ३ विकेट गुमाएर ९७ रन बनाएको थियो। एनआरएनएका लागि कप्तान सुनम गौतमले ४६ रनको सानदार इनिङ खेल्दा सागर पुनले ३७ रन बनाएका थिए। पुलिसका लागि योगेन्द्र सिंह कार्कीले २ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.