५ पटकको साफ च्याम्पियन भारत १–० ले पराजित

|

काठमाडौं : राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले ​गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।

रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।

भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

बंगलादेशको जितमा सबिना खातुनले ३ गोल गरिन्। जोहान सप्ना, श्रीमती सरकार, रितुपर्णा चक्मा, मसुरा प्रविण र थौरा खातुनले १/१ गोल गरे।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.