|

सुर्खेत :  अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिमी भेगका धेरै ठाउँमा क्षति पुर्‍याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुने– ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरमा क्षति पुगेको छ। साथै चौकुने– ४ का केही बस्तीमा बाढीले क्षति पुगेको छ। चौकुने– ४ मा दुईघर उच्च जोखिममा छन्। वडा नम्बर ३ को गोर्भामा आएको पहिरोले ७ घर उच्च जोखिममा रहेका छन् भने बेतान खोलाबाट आएको बाढीले ३०० रोपनी खेत बगरमा परिणत भएको छ।

यस्तै, चौकुने १० घाटगाउँमा आएको बाढीले चौकुनेका पूर्व अध्यक्ष धीरबहादुर शाही लगायत केही घर उच्च जोखिममा छन्। साथै बाढी र पहिरोले चैकुने गाउँपालिका भित्रका सबै ठाउँमा सडकमा अवरोध पुर्‍‍याएको छ।

चौकुनेका अध्यक्ष विकले बाढीबाट प्रभावित स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यावस्थापन गरिरहेको र पीडितलाई  आवश्यकता अनुसारको राहत वितरण गर्ने तयारी रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.