|

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे। १४ औं मिनेटमा नै गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो।

१० खेलाडीमा सिमित इल्चेविरुद्व खेलमा दबाब बनाएको बार्सिलोनाले ३४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत खेलमा अग्रता लियो। पहिलो हाफमा नै अग्रता दोब्बर बनाउने क्रममा ४१ औं मिनेटमा मेम्फिस डिपेले गोल गरे।

दोस्रो हाफमा पनि राम्रो लयमा रहेको बार्सिलोनाले ४८ औं मिनेटमा लेवान्डोस्कीको गोल मार्फत अग्रता ३–० मा पुर्‍यायो।

जीतसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। ६ खेलमा बार्सिलोनाको १६ अंक भएको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको १५ अंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.