|

रुपन्देही : वर्षाले धानबालीमा क्षति पुगेपछि तिलोत्तमा नगरपालिकाले किसानलाई क्षतिपूर्ति दिएको छ। वर्षाले धानबालीमा क्षति पुगेका दुई सय ७० किसानलाई क्षतिपूर्तिबापत आज राहत रकम वितरण गरिएको हो।

गत वर्ष धान भित्र्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका किसानलाई राहत रकमस्वरुप रु. आठ लाख ९६ हजार बराबरको रकम वितरण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन्।

पीडित किसानले आफ्नो धान बालीको क्षतिका आधारमा दुईहजार देखि आठ हजारसम्म क्षतिपूर्ति रकम पाएका छन्।

राहत रकमका लागि माग गरेका सबै किसानलाई रकम उपलब्ध गराइएको चौधरीले बताइन्।

भदौ १० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सूचीकृत पीडित किसानलाई क्षतिपूर्ति रकम वितरण गरिएको हो। राहत वितरण कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले किसानका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.