|

 काठमाडौं :  काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ।

बिहीबार अस्पतालको आसपासमा अनाधिकृत रुपमा रहेका पसल हटाउन डोजरको प्रयोग गरिएको महानगरपालिकाले जनाएको छ। 

महानगरले अवैध संरचना हटाउन यसअघि ३५ दिने सूचना जारी गरी हटाउन निर्देशन दिएको थियो। डोजर चलाउनुअघि पनि पटक-पटक माइकिङ गर्दा पनि नहटाइएकाले आफैंले हटाउन लागेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

करिब एक महिनादेखि महानगरपालिकाले अवैध संरचना  हटाउने अभियान सञ्चालन गरेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.