|

काठमाडौं : संखुवासभाको खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित ६ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ।

खाँदबारी-६ हिगुवा महानन्द चोक हुँदै थलेडाँडा-बर्खेडाँडा सडकखण्ड निर्माणका लागि विनियोजित रकममा ३ लाख ७४ हजार १२७ रूपैयाँ अनियमितता गरेको पुष्टि गर्दै अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरौला, तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सब-इन्जिनियर मनोजकुमार चापागाईलाई प्रतिवादी बनाएको छ।

रकम हिनामिनामा संलग्न महानन्द चोक हिगुवा योगी डाँडा हुँदै बर्खे डाँडा मोटर बाटो मर्मत उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापामगर र कोषाध्यक्ष मेनुका तामाङलाई पनि प्रतिवादी बनाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.