|

काठमाडौं : समावेशी सिद्धान्तअनुसार समानुपातिक तर्फको बन्द सूची बुझाएका दलहरुलाई निर्वाचन आयोगले कान समातेको छ।

आयोगले असोज २ र ३ मा बुझाएको उम्मेदवारको बन्द सूची सच्याएर ल्याउन दलहरुलाई पत्राचार नै गरेको छ। प्रतिनिधिसभातर्फ दलहरुले बुझाएको बन्द सूचीमा त्रुटी पाइएको आयोगले जनाएको छ।

प्रतिनिधिसभातर्फको बन्दसूची बुझाएका ४८ वटै दलले पेश गरेको बन्द सूचीमा त्रुटी भएपछि सच्याउन आज सबै दललाई पत्र पठाएको आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार दलले पेश गरेको बन्द सूचीमा क्लष्टर नमिलेको, कुनैको नागरिकता र मतदाता परिचयपत्र नम्बर नमिलेको तथा कसैको स्वघोषणापत्रमा आवश्यक विवरण नभरेको पाइएको छ। ती सबै त्रुटी सच्याउन आयोगले पत्राचार गरेको हो।

प्रदेशतर्फ पनि केही दलको बन्द सूचीमा त्रुटी भएकाले सच्याउन भनिएको छ। आयोगमा दलले बुझाएको बन्द सूची असोज ४ गतेदेखि ९ गते हिजोसम्म छानबिन गरेको थियो।

बन्द सूची छानबिनको क्रममा त्रुटी फेला पारेपछि सच्याउन दलहरूलाई १६ गतेसम्मको समय दिएको आयोगले जनाएको छ। आयोगले बन्द सूची असोज २२ गते सार्वजनिक गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.