|

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ।

राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकाय र मतदातासम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। आचारसंहिता लागू भएपछि संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ।

प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्। आचारसंहितामा आफू उम्मेदवार भएको ठाउँमा प्रचार गर्न जान पाइने व्यवस्था भएपनि सरकारी स्रोतसाधन प्रयोग गर्न पाइने छैन। संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन नपाउने आचारसंहितामा उल्लेख छ।

मनोनयन र घरदैलो कार्यक्रममा जाँदा बढीमा २५ जनाको टोली हुनुपर्ने भनिएको छ। यो विषयमा दलहरुले सच्याउन आग्रह गरेपनि आयोगले जस्ताको तस्तै कार्यान्वयनमा ल्याएको हो।

मनोनयन दर्ताको बेला बाजा, गाजा र झाँकी समावेश गर्न रोक लगाइएको छ। सवारीसाधन प्रयोगका लागि निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.