|

काठमाडौं : कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्। पन्तलाई रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न लागेका हुन्। 

उनले धादिङ-१ बाट चुनाव लड्ने तयारी थालेका छन्। 

मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने कलाकार बढ्दै गएका बेला पन्तको नाम पनि थपिएको हो। उनी धादिङकै स्थानीय वासिन्दा हुन्। 

​पन्तसहित यसअघि नै कुमार कट्टेल, मधुसुदन पाठक, शिव शंकर रिजाललगायतका हाँस्य कलाकार तथा रेखा थापा, मनोज पण्डित, रोज राणा, गणेश उप्रेती लगायतका फिल्मकर्मी पनि  चुनावमा उठ्ने तयारीमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.