‘चुनावपछि एमाले आउँछ, राम्रा काम गर्नेलाई समर्थन गर्छौं’

|

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्ने बताएका छन्। 

काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले बुधबार लाजिम्पाटमा आयोजना गरेको बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राम्रा काम गर्नेलाई समर्थन गर्ने बताएका हुन्।

‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ। राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ। राम्रा काम जोसुकैले गरून्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ। सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ उनले भने। 

उनले दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य नहुने बताए। एउटा दल खराब भए अर्को दल आउने बताए। एमसिसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनको भनाइ छ।

उनले भने, ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो। हामीसँग दुईवटा ठूला छिमेकी छन्, हामीले एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न जरुरी छैन। तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ।’

उनले जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरे। आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.