|

सात खेलको टी–२० सिरिजको पाँचौ खेलमा घरेलु टोली पाकिस्तानले इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै सिरिजमा ३–२ को अग्रता बनाएको छ।

लाहोरमा बुधबार राति टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९ ओभरमा अलआउट हुँदै १४५ रनमा समेटिए पनि बलरहरुको कसिलो बलिङका कारण जित निकाल्न सफल भएको थियो। १४६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रनमा समेटिएको थियो।​

इंग्ल्याण्डका लागि कप्तान मोइन अलीले ५१ रनको अर्धशतकीइ इनिङ खेल्दा डेभिड मलानले ३६ र साम कुरानले १७ रन बनाए। त्यस्तै क्रिस वक्स र बेन डकेटको समान १० रन थप दोहोरो स्कोरका रूपमा रह्यो। 

त्यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले भने ओपनर मोहम्मद रिजवानको ६३ रनममा मध्यम स्कोर तयार गरेको थियो। त्यस्तै इफ्तिखर अहमेदले १५ रन बनाउँदा आमिर जमालले १० रन जोडे। इंग्ल्यान्डका लागि मार्क वुडले ३ विकेट लिँदा डेभिड विली र सा कुरानले २–२ विकेट लिएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.