|

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। 

आन्तरिक मन्त्रालयको परिसर नजिक रहेको मस्जिदमा भएको विस्फोटमा १८ जना घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

विस्फोटको कारण खुलेको छैन। तर पछिल्ला महिनामा चरमपन्थीहरूद्वारा धेरै आक्रमण भएका छन्। 

मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकोरका अनुसार मन्त्रालयका कर्मचारीहरू पनि मस्जिदमा जाने गरेका छन्। सन् २०२१ मा तालिबानले  सत्ता हातमा लिएपछि अफगानिस्तानलाई सुरक्षित गरेको बताउँदै आएका छन्। तर शहरमा विस्फोटको क्रम रोकिएको छैन। 

संयुक्त राष्ट्र नियोगका अनुसार पश्चिमी काबुलमा रहेको एक शैक्षिक केन्द्रमा गत शुक्रबार भएको विस्फोटमा केहीको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.