|

म्याग्दी : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन्।

तीन दिनदेखिको वर्षाले वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ। पहिरोकै कारण बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत सडक अवरुद्ध भएको हो। कतिपय स्थानमा सडक भासिएको छ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जलथले,  गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायत सडक वर्षाले सडक अवरुद्ध बनाएको छ । 

खहरे र ग्रामीण क्षेत्रकाखोलाहरुमा भेलबाडी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्ग समेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको बेनी नगरपालिका–३ का सोमबहादुर पुनले बताए ।

दशैँका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन्। सवारीसाधान सञ्चालन नहुँदा सर्वसाधारण पैदल यात्रा गर्दै टिका लगाउन जान थालेका छन्।

सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दी जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्किने व्यक्ति मुस्ताङमा नै रोकिएका छन्।

म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा छन्। बेनी–जोमसोम सडक खण्डको शाखानदीको बहाव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खसिरहेको छ।

यता बेनी–मालढुंगा–पोखरा सडक पनि बिचबिचमा अवरुद्ध भएको छ। पश्चिम म्याग्दीको दरबाङदेखि ग्रामीण भेगमाचल्ने सवारी साधन चलेका छैनन्। बाटोको अवस्थाका कारण पैदल हिँडेर गन्तव्यमा पुग्नसक्ने अवस्था समेत नरहेको स्थानीय aबासिन्दा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.