|

काठमाडौं : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीति पालततिर धसिँदै जानु दुःखद भएकाे बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै भट्टराइले एक थान सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको बलिदानीलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्न राजनीतिलाई व्यापारमा झार्नु नै भएको उल्लेख गरेका हुन्।

उनले अवसरवादको अध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गर्न पनि आग्रह गरेका छन्।  जनता समाजवादीबाट अलग भएर नेपाल समाजवादी पार्टी खोलेका भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.