|

काठमाडौं : बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीले भोलि म्याद थप गर्ने तयारी गरेको छ। 

त्यसलगत्तै प्रहरीले उनीसँग बयान लिने र अनुसन्धानका बाँकी पक्षमा लाग्ने जनाएको छ। गौशला प्रहरीका अनुसार आज अदालत नखुल्ने भएकाले म्याद थप्न भोलिमात्रै अदालतमा लैजाने तयारी गरिएको हो। 

गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमपर्ण गरेका राट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा छन्। 

दशैं बिदाका कारण उनी विरुद्ध प्रहरीले म्याद थप गर्न सकेको छैन। प्रहरीका अनुसार सन्दीपसँग बयान लिन बाँकी छ। अहिले अन्य पक्षमा अनुसन्धान भइरहेको प्रहरीवृत्त गौशालाले जनाएको छ। 

१७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन्। त्यसलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। यसक्रममा प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमको तन्ना, सिरक, घटना हुँदाको बखत बेडमा प्रयोग भएको डस्टबिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भजाइना परीक्षण, सिडिआर (कल डिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.