|

विराटनगर : एकसाता अघि एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका  इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकालाल चौधरीले प्रदेश सांसदको टिकट पाएका छन्।

नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी गत आइतबार माओवादी केन्द्र प्रवेश गरेका थिए। उनले  पार्टी परित्याग गरेको एकसातामै माओवादी केन्द्रबाट सुनसरीको क्षेत्र नम्बर २ को क बाट प्रदेश सांसदको  टिकट पाएका हुन्।

सत्तारुढ गठबन्धन गर्दा माओवादीको भागमा सुनसरीमा प्रदेशसभा तर्फ २ र प्रतिनिधिसभा तर्फ एउटा क्षेत्र परेको थियो।

माओवादी केन्द्रले सुनसरीको प्रतिनिधिसभा तर्फको क्षेत्र नम्बर १ मा मुक्साहाङ मेन्याङ्बोलाई टिकट दिएको छ। क्षेत्र नम्बर ३ को  प्रदेशसभा ‘क’ मा सरस्वती पोखरेलले टिकट पाएकी छन्। पोखरेल  प्रदेश १ को निवर्तमान उपसभामुख हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.