|
फाइल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन्। डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्।

 प्रचण्डलाई साथै लिएर समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा पुगेका थिए।  माओवादीले गोरखा– २ मा अध्यक्ष प्रचण्डलाई उठाउने निर्णय गरेको हो। २०७४ को चुनावमा प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका थिए। अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येक पटक क्षेत्र फेर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.