|

बारा : बारा क्षेत्र नं ४ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट एकवाल मिया, प्रदेश सभा सदस्य क का लागि देवनारायण चौधरी, प्रदेश सभा सदस्य ख का लागि जसपाका आत्मराम साहले मनोनयन दर्ता गराएका छन्। एमाले र जसपाबीच गठबन्धन छ।

त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि पूर्व श्रममन्त्री किसान श्रेष्ठ (एकीकृत समाजवादी), प्रदेश सभा सदस्य क का लागि क्षेत्र बहादुर श्रेष्ठ अनिल ( माओवादी) र प्रदेशसभा सदस्य ख का लागि जितेन्द्र सोनल (लोसपा) ले मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी राप्रपाका रोहन कुमारले प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टी, हाम्रो पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, नेपाल सद्भावना पाटी लगायतका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.