|

पर्वत : आफ्नो दलले टिकट पाउनुपर्ने माग गर्दै देशका विभिन्न जिल्लामा गठबन्धनभित्र सामान्यतः खटपट भइरहेका छन्। आफ्नो क्षेत्र बलियो रहेको ठाउँमा गठबन्धनको अर्को दलको उम्मेदवारले टिकट पाएको भन्दै असन्तुष्ट देखिनु सामान्य पनि हो।

तर नेकपा माओवादी केन्द्र कास्कीका ३७ जनाले भने आफ्नै दलको उम्मेदवारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्। बाहिरको उम्मेदवार ल्याएर आफ्नो क्षेत्रमा उठाइएको भन्दै माओवादी केन्द्रका विभिन्न पदमा रहेका नेताहरूले राजीनामा दिएका हुन्।

क्षेत्र नम्बर–३ क मा उम्मेदवार बनाइएका दुर्गादत्त भण्डारी आफ्नो क्षेत्रको नभएको भन्दै प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा, माओवादी माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष गोपाल पोखरेल, माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारी, योङ कम्युनिष्ट लिगका केन्द्रीय सदस्य वसन्तराज बास्तोलालगायत रहेका छन्।

‘नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश नंं ४ कास्की जिल्ला प्रदेश नं ३ क का निर्वाचन क्षेत्रका प्रदेश कमिटी सदस्य पालिका कमिटी सदस्य, वडा कमिटी अध्यक्ष, सदस्यलगायत पार्टी कमिटीका सम्पूर्ण सदस्यहरूको यसै प्रदेश क को प्रस्तावित उम्मेदवारलगायतका जिल्ला नेतृत्वसहित प्रदेश ३ को क को उम्मेदवार, प्रदेश ३ ख बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी उपस्थित सम्पूर्ण कमरेडहरूले संयुक्त रूपमा राजीनामा दिने निर्णय गरियो।’ उनीहरुद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.