|

काठमाडौं : एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ ।

भियतनाममा जारी प्रतियोगिताअन्तर्गत आइतबार समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएपछि नेपाल जितविहीन बनेको हो।

फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा ताइपेका लागि लिन हाइ चेङले दुई गोल गरे। ताई यान याओ र लु यी टिङले एक एक गोल गरे। नेपालका कप्तान प्रशान्त लक्सम र धनसिंह विकले एक एक गोल फर्काए।

समूह एफमा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा पुग्यो। ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।  

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो। दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो ।

प्रतियोगितामा भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा छ। थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ।

भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउने छ। छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.