|

दाङ : तुलसीपुर उपमहानगरपालिका ६ स्थित हात्ती खौवा नजिकै खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १ बयालेकोट निवासी ४४ वर्षीय लुमप्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनलाई स्थानीयले सोमबार बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेवारिसे अवस्थामा हिँड्ने भण्डारीको मादक पदार्थ सेवन गरेर खाल्डोमा परी मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए।

मृतकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.