|

रुसले यूक्रेनको राजधानीमा हवाइ आक्रमण गरेको छ। राजधानी किभबाहेक यूक्रेनले अन्य थुप्रै सहरमा पनि आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

यूक्रेनका सेना प्रमुख जनरल वलेरी जालुग्नीले सोमबार बिहानैदेखि लगातार ७५ वटा मिसाइल प्रहार भएको बताएका छन् ।

७५ मध्ये ४१ वटा मिसाइललाई एयर डिफेन्स सिस्टमको माध्यामबाट निस्क्रिय पारिएको दाबि उनको छ। बिबिसीका अनुसार उनको यो दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ। आक्रमणमा पछि आठ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको समाचारमा उल्लेख छ।

रुसले यूक्रेनको राजधानी किभका ऐतिहासिक र महत्वपूर्ण भवनलाई लगातार निशाना बनाइरहेको दाबी यूक्रेनी अधिकारीहरुले गरेका छन् । 

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले देशमा उर्जाको आधारभूत संरचनालाई निशाना बनाएको बताएका छन्। एक टेलिग्राम पोष्टमा उनले भनेका छन्, ‘उनीहरु आतंक र अराजकता फैलाउन अनि हाम्रो उर्जा प्रणाली ध्वस्त गर्न चाहन्छन्।’

रुसले आम सर्वसाधारणलाई बढीभन्दा बढी क्षति पु¥याउने गरी त्यस्तै स्थानलाई निसाना बनाइरहेको जेलेन्स्कीको आरोप छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.