|

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ बुक्साका एक ट्रेकिङ गाइड गोरखाको लार्के पास क्षेत्रमा बेपत्ता भएका छन्।

खुम्बु सांग्रिला ट्रेक एण्ड एक्सपेडिसन प्रालिबाट पदयात्रामा निस्किएका ३९ वर्षीय फुछेत्तर शेर्पा पाँच दिनदेखि बेपत्ता भएको उनका दाइ फुनुरु शेर्पाले जानकारी दिए। दुई विदेशी नागरिक र भरिया सकुशल फर्किए पनि शेर्पा भने अहिलेसम्म नफर्किएको बताइएको छ।

यो क्षेत्रमा हिमपात भइरहेकाले बेपत्ताको खोजीमा समस्या भएको गोरखाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक केदार खनालले बताए। उनको खोजीका लागि सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टर तयारी अवस्थामा भए पनि मौसमको प्रतिकुलताका कारण लार्के पास क्षेत्रमा जान नसकेको उनको भनाइ छ।

शेर्पाको परिवारले भने सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.