|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा अमेरिका पुगेका छन्। 

अर्थसचिव कृष्णहरि पुस्करलगायतको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री शर्मा अमेरिका पुगेका हुन्। 

विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन उनीहरु अमेरिका पुगेका हुन्। अमेरिकाकाको डल्लास विमानस्थलमा उनीहरुलाई अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले स्वागत गरेका थिए। 

यी दुई संस्थाले आयोजना गर्ने यो वार्षिक गोष्ठी हो। उक्त भ्रमणमा नेपाललाई हुने वित्तीय सहयोगको विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ। 

शर्मा अर्थ मन्त्रालयमा फर्किएपछिको यो दोस्रो विदेश भ्रमण हो। यसअघि पनि उनी दक्षिण कोरिया भ्रमणमा गएका थिए।  कोरियामा भएको हरित जलवायु कोषको विश्वव्यापी सम्मेलनमा सहभागी भएर नेपाल फर्किएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.