|

काठमाडौं : धनुषा र रूपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ उद्योगपुरीमा गएराति स्कुटर दुर्घटना हुँदा चालक गुल्मी हस्तिचौरका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो। 

लु ५५ प ४७५९ नम्बरको स्कुटर अनियन्त्रीत भएर पल्टिदा गम्भीर घाइते चालक खत्रीको उपचारका लागि भैरहवास्थित भिम अस्पताल पु¥याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

जनकपुर उपमहानगरपालिका २३ बिन्ही स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर सडकछेउको पोलमा ठोक्किँदा चालक २३ वर्षीय रामनारायण ठाकुरको मृत्यु भएको छ।

दुर्घटनामा परेको ज ११ प ७५८१ नम्बरको मोटरसाइकल पछाडि सवार २० वर्षीय साजिद रमानीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरी चौकी जिरोमाइल धनुषाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.