|

बग्दाद : इराकमा राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ।

इराकी संसद्ले बिहीबार राष्ट्रपतीय निर्वाचन गर्ने भएको हो। इराकी संसद्का सभामुख मोहमद अल हलबोसीले उक्त जानकारी गराएका हुन्। सन् २००३ मा इराकमा भएको शक्ति बाँडफाँड तथा हस्तान्तरणसम्बन्धी सम्झौतानुसार यहाँ राष्ट्रपति पद कुर्दहरूका लागि छुट्याइएको छ।

त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरूका लागि छुट्याइएको छ। सोहीअनुसार यहाँका पद बाँडफाँड हुदै आएका छन्। इराकमा केही महिनादेखि राजनीतिक विवाद बढ्दै गएको छ। राजनीतिक भागबण्डाका कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायबीच आन्तरिक विवाद रही आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.