|

पाल्पा : जिल्लामा व्यवसायीले सार्वजनिक सवारीसाधनको भाडा घटाएका छन्।

चर्को भाडा असुलेको यात्रुको गुनासोपछि सरोकारवाला पक्षको बैठक बसेर नयाँ भाडादर कायम गरिएको हो। 

तानसेन नगरपालिका– ९ र आसपासका २०० भन्दा बढी सर्वसाधारणले सार्वजनिक सवारीसाधनमा भाडादर महँगो भएको भन्दै हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए। वडाध्यक्ष राजेशकुमार अर्यालले वडाले जनताको गुनासोलाई समन्वय गरेपछि नयाँ भाडादर कायम भएको बताए। 

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले यात्रुले गरेको गुनासो र निवेदनका आधारमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर कायम गरेको पाल्पाका बताए। उनका अनुसार नयाँ भाडादर तोकेर लुम्बिनी प्रदेश सरकारमा सिफारिस गरिएको छ। ‘स्थानीयस्तरबाट गुनासो आएपछि जिल्लास्थित सरोकारवाला पक्षको बैठक नै बसेर नयाँ भाडादर कायम गर्न प्रदेश सरकारमा सिफारिस गरका छौँ’, उनले भने।

जिल्लाको ग्रामीण क्षेत्रमा सञ्चालन हुने र नगर क्षेत्रमा सञ्चालन हुने तथा कच्ची र पक्की सडकमा सञ्चालन हुने सवारीसाधनले फरक–फरक भाडा लिन पाउनेगरी मापदण्ड बनाइएको छ। तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई तत्कालै कारवाही गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी पन्तले बताए।

बैठकले पाल्पा जिल्ला तथा अन्य जिल्लासँग जोडिएका सडकमा सञ्चालन हुने सवारीसाधनमा पनि नयाँ भाडादर कायम गरेको छ। तानसेन–बुटवल प्रतिकिलोमिटर चार रुपैयाँ, तानसेन–रामपुर प्रतिकिलोमिटर चार रुपैयाँ ५० पैसा, तानसेन–रिडी प्रतिकिलोमिटर पाँच रुपैयाँ ३० पैसा, तानसेन–रानीमहल प्रतिकिलोमिटर पाँच रुपैयाँ ३० पैसा तोकिएको छ।

यस्तै तानसेन–झडेवा प्रतिकिलोमीटर ६ रुपैयाँ ३३ पैसा, तानसेन–हार्थोक प्रतिकिलोमिटर ६ रुपैयाँ ३५ पैसा, तानसेन–दर्लम प्रतिकिलोमिटर ६ रुपैयाँ १३ पैसा दरले भाडा समायोजन गरिएको छ। ग्रामीण क्षेत्रका कच्ची प्रतिकिलोमिटर १२ रुपैयाँ दरले लाग्ने र नगरक्षेत्रमा चार किमीसम्म अधिकतम ३० रुपैयाँ भाडा तोकिएको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए।

तानसेन नगरपालिकामा दर्ता भई सञ्चालित अटोरिक्सा टेम्पोले बाँसटारीबाट प्रतियात्रु न्यूनतम एक किलोमिटरसम्म २५ रुपैयाँ र थप प्रतिकिलोमिटर १० का दरले थप रकम लिने गरी भाडा समायोजन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.