|

काठमाडौं : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पम्फापुरका १२५ जना एकै चोटी बिरामीपरेका छन्। 

दुर्गा पूजा समापनको प्रसाद तथा भोज खाएका उनीहरुमा झाडापखाला, बान्ता र अत्याधिक ज्वरोका लक्षण देखिएको नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले जानकारी दिइन्।

उनका अनुसार हिजो गाउँभरीकै मानिस बिरामी परपछि नगरपालिकाका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली पम्फापुरमै पुगी उपचार गरेका छन् । प्राथमिक उपचारबाट निको नभएका ४ जना बिरामीलाई थप उपचारका लागि परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा ल्याइएको छ। 

रामलखन भर, विन्द्रावती मल्लाह र वन्वन्ती हरिजनको अवस्था गम्भीर रहेकाले नगरपालिकाले एम्बुलेन्समार्फत थप उपचारका लागि परासी ल्याएको उपप्रमुख चौधरीले बताइन्। उनीहरुको निःशुल्क उपचार भइरहेको छ। 

पम्फापुरका बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी परेपछि नगरपालिकाले तत्कालै स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविर सञ्चालन पछि अन्य बिरामीको अवस्था सामान्य रहेको उपप्रमुख चौधरीको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.