|

पोखरा : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी प्रतियोगितामा फेन्सिङतर्फको महिला टिम इभेन्टमा एपीएफले स्वर्ण पदक जितेको छ। बिहीबार पोखरास्थित ब्याडमिन्टन हलमा भएको फाइनलमा बागमती प्रदेशलाई ४६-३२ ले पराजित गर्दै एपीएफले स्वर्ण पदक हात पारेको हो।

४-४ जना रहने टोलीमा महिलातर्फ स्वर्ण पदक जित्ने क्रममा एपीएफ र बागमतीबीच कडा प्रतिस्पर्धा भएको थियो। एपीएफको टोलीमा अनिता अधिकारी, मनीषा राई, उर्मिला माझी र मन्दिरा थापा रहेका थिए।

बागमतीमा भने गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगीता लम्साल रहेका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले कांस्य पदक जितेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.