|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा लामो समयदेखि लागेको ताला खुलेको छ। वार्तापछि करिब तीन महिनादेखि विभिन्न संगठनले लगाएका सबै ताला बिहीबार खोलिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

‘हिजो बिहीबार नेविसंघका पदाधिकारीहरू आएर सबै ताला खोलेका छन्, अहिले भने कुनै कार्यलयमा ताला छैन, सबै कार्यालय खुला भए’‚ उनले भने। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन बिहेभियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो।

त्यसपछि दोषीलाई कारबाही गर्न माग गर्दै त्यहाँकै विद्यार्थीहरूले ताला लगाएका थिए। उक्त आन्दोलनमा नेपाल विद्यार्थी संघले साथ दिएको थियो। असोजको पहिलो साता लेखा र कर्मचारी प्रशासन शाखामा लागेको ताला खुलेको थियो। सूचना अधिकारी दाहालका अनुसार भिसी कार्यालय,रजिष्टार र रेक्टर कार्यालयमा लागेको ताला खुलेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.