|

काठमाडौं : निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न सो कल सेन्टर सञ्चालन गरिएको आयोगले जनाएको छ। कल सेन्टरमा फोन गर्दा शुल्क लाग्दैन। कल सेन्टरबाट सेवा लिन निःशुल्क ११०२ टोल फ्री नम्बरको पनि व्यवस्था गरिएको छ।

कान्तिपथस्थित आयोगको कार्यालयमा  शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिनको उद्घाटन गर्दै त्यसबाट लाभ लिन  सबैसँग अनुरोध गरे। त्यस अवसरमा उनले आयोग आम निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारीमा केन्द्रित रहेको जानकारीसमेत दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यसबाट सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा आयोग केन्द्रित रहेको जानकारी पनि गराउन चाहन्छु।’

कल सेन्टरमा निर्वाचनसम्बन्धी सबै जिज्ञासा सम्बोधन हुने गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.