|

विराटनगर : धरानका मेयर हर्क साम्पाङ राईले काठमाडौँको फुटपाथमा ठेलागाडामा व्यापार गर्दै आएकी महिलालाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो एक महिनाको तलब दिने घोषणा पनि गरेका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘यी बैनी को हुन्? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!’ धरानका मेयर हर्क आफ्नो पदीय जिम्मेवारी वहन गर्नुका साथै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्। 

काठमाडौँ महानगरले फुटपाथमा व्यापार गर्नेलाई सूचना दिएर हट्न भन्दै आएको छ र नहट्नेलाई कारबाही गर्दै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.