|

डडेल्धुरा :  डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ। राजनीतिलाई आजीवन पेसा बनाएकाहरू, पटक पटक परीक्षण भइसकेकाहरूको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेल्धुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।

‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरूको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ। यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ’, राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ।

गुल्मीका इन्जिनियर सागर डडेल्धुरामा चुनाव लडिरहेका हुन्। सिरिन्ज निर्वाचन चिह्न पाएका सागर अहिले जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका मतदाता माझ पुगिरहेका छन्। प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन्। दुईवटा क्षेत्र रहेको प्रदेशसभामा १२ जनाको उम्मेदवारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.